+
+

झापाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, २ जना प्रहरी घाइते

भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १३:३६

४ साउन, विराटनगर । झापाको गौरीगञ्ज गाउँपालिकासँग सीमा जोडिएको नेपाल–भारत सीमावर्ती क्षेत्रमा झडप भएको छ ।

गौरीगञ्ज गाउँपालिका–५ मलाहका टोल नजिकैको सीमा क्षेत्रमा शनिबार राति साढे ९ बजे प्रहरी र भारतीय नागरिकको एक समूहबीच झडप भएको हो । सीमावर्ती भारतीय गाउँबाट घरेलु हतियारसहित आएको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सीमा स्तम्भ १५२ नजिकै घटना भएको थियो । भारतीय पक्षको आक्रमणबाट दुई सशस्त्र प्रहरी जवान सामान्य घाइते भएका छन् ।

समावर्ती क्षेत्रमा रहेको मलाह टोलका भारतीय नागरिकले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको बताइएको छ । सो टोलबाट नेपालतर्फ सामान तस्करी हुँदै आएको थियो । लकडाउनसँगै प्रहरीले नाकामा कडाई गरेपछि तस्करको समूह योजनावद्ध रुपमा आक्रमणका लागि आएको प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुका अनुसार घटनामा सशस्त्र प्रहरी जवान सामान्य घाइते छन् । घटनापछि भारतीय पक्षसँग छलफलको तयारी भइरहेको उनले बताए ।
शुक्रबार र बिहीबार राति पनि सुनसरीको सीमावर्ती क्षेत्रमा फायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?