+

युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

२०७७ साउन  ५ गते ७:३५ २०७७ साउन ५ गते ७:३५
युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

५ साउन, काठमाडौं । लण्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो ।

चेल्सीले अब फाइनलमा अर्को लण्डन क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले अर्को म्यानचेष्टर क्लब सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

वेम्वलीमा भएको लमा चेल्सीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । पहिलो हाफको इन्जुरी टाइममा ओलिभर जिरुडको गोलबाट चेल्सीले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमै मासोन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मगुइरले आत्मघाती गोल गर्दा चेल्सीले ३-१ को अग्रता बनाएको थियो । ८६औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत युनाइटेडका लागि सान्त्वना गोल फर्काए । चेल्सीका कलुम हड्सन ओडोले एन्टोनी मार्सिएललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

एफए कप चेल्सी म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय