Comments Add Comment

नेपाली ब्रान्ड सोनमद्वारा शिक्षण अस्पताललाई पिपिई सहयोग

५ साउन, काठमाडौं । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई सय थान व्यक्तिगत सुरक्षाकवच (पिपिई) सहयोग गरेको छ ।

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई अस्पताललाई दिएको हो ।

‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने ।

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment