+
+
Shares

निगमले भन्यो-विदेशबाट फर्किँदा निगमले तोकेकोभन्दा बढी भाडा नतिर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते १९:२२

५ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो कम्पनीबाट नेपाल र्फकने क्रममा तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आहृवान गरेको छ । उद्धार उडानका लागि निगमले तोकेको विभिन्न मुलुकको भाडादर वेवसाइटमा सार्वजनिक रुपमा राखिएको छ ।

उक्त मूल्यभन्दा बढी अस्वभाविक मूल्य यात्रुबाट लिएर टिकट काटिदिने गिरोह सक्रिय रहेको भन्दै निगमले यस्तो आहृवान गरेको हो ।

‘कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएकोतर्फ निगमको गम्भीर ध्यानाकर्षण भएको छ,’ कम्पनीले भनेको छ, ‘कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाईदिने भनी आˆनो सम्पर्क नं सहित विभिन्न संचार माध्यममा सुचना प्रकाशित गरेको समेत बुझिएकाले त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्वन्धित सबैलाई सूचित गरिन्छ ।’

उद्धार उडान तालिका र तोकिएको भाडादर निगमले आफ्नो वेवसाइटमा प्रकाशित गरी सोही बमोजिम उडान सञ्चालन गरिरहेको समेत कम्पनीले जनाएको छ । उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको भन्दै त्यस्तो गन्तब्यको टिकट नकाट्ने समेत निगमले आग्रह गरेको छ ।

कम्पनीले संकटको समयमा सहुलितपूर्ण भाडादरमा उडान गरेको भन्दै विचौलियाबाट महंगो मूल्यमा टिकट नकिन्न निगमले आहृवान गरेको छ ।

यदि निगमको वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भए प्रचलित कानुन बमाजिम कारवाही हुने चेतावनीसमेत कम्पनीले जनाएको छ ।

निगमका उद्धार उडान तालिका र भाडादर सम्वन्धि जानकारी चाहिएमा निगमले टेलिफोन र वेवसाइटबाट जानकारी लिन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?