Comments Add Comment

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने ८० हजार नाघे

६ साउन, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ८० हजार १२० जनाको मृत्यु भएको छ ।

सोमबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण ६३२ जनाको मृत्यु भएको हो ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका २१ लाखभन्दा धेरे संक्रमित फेला परिसकेका छन् । ब्राजिलमा पर्याप्त मात्रामा कोरोना परीक्षण नगरिएको कारण वास्तविक संक्रमित र मृतकको संख्या अझै बढी हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले निरन्तर कोरोना भाइरसको बेवास्ता गर्दै आइरहेको छन् । उनले स्वास्थ्य अधिकारीको सिफारिसका बाबजुद अर्थतन्त्र पुनः सुरु गर्ने निर्णय गरेका थिए । उनको यो कार्यको आलोचना भइरहेको छ । अहिले राष्ट्रपति स्वयं क्वारेन्टिनमा छन् । अन्य मन्त्रिपरिषद्का सदस्यसहित उनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी क्वारेन्टिनमा बसेका हुन् ।

गत शुक्रबार डब्ल्यूएचओले बिस्तारै कोरोना भाइरसको संक्रमण घट्न थालेो भन्दै अहिले ब्राजिललाई कोरोना भाइरस नियन्त्रण गर्ने राम्रो मौका रहेको बताएको थियो ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment