Comments Add Comment

प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको होइन : प्रवक्ता श्रेष्ठ

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्ने सत्य नभएको बताएका छन् ।

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए । सञ्चारकर्मीहरुको एक प्रश्नमा उनले भने, ‘जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।

लगत्तै ओली र प्रचण्डसहितका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । त्यसको भोलिपल्ट प्रचण्डले पूर्व निर्धारित भेट नभई परिबन्दमा परेर शीतल निवास पुगेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment