+
+

घर जलाइएका चेपाङहरूलाई वैकल्पिक आवासको व्यवस्था गर : एम्नेस्टी इन्टरनेसनल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १९:५१

६ साउन, काठमाडौं । एमनेस्टी इन्टरनेसनलले चितवनको माडीस्थित चेपाङबस्तीमा गरिएको आगजनीलाई क्रूरतापूर्ण कार्य भन्दै त्यसलाई तत्काल रोक्न माग गरेको छ । गत शनिबार चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरूले गरेको आगजनीलाई उसले मानवअधिकारको गम्भिर उल्लङ्घन भनेको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भनेका छन्, ‘आफ्नो आवासबाट जबरजस्ती कसैलाई हटाउनु एउटा क्रूरतापूर्ण कार्य हो । पहिल्यैदेखि अति सीमान्तकृत उक्त समुदायका सदस्यहरूको जीवन नै जोखिममा पार्ने गरी आगजनीका साथै हात्तीद्वारा समेत आक्रमण गराउँदै उनीहरूको आवास ध्वस्त पार्ने तथा उनीहरूको स्वामित्वमा रहेका निजी सरसामानहरू समेत नष्ट पार्ने कार्य अत्यन्तै अविवेकपूर्ण हुनुका साथै मानवअधिकारको उल्लङ्घन हो ।

पूर्व चेतावनी समेत नदिई चेपाङबस्तीमा आगो लगाउनुका साथै निकुञ्जको हात्ती प्रयोग गरेर आठ वटा घर ध्वस्त पारेको एम्नेस्टीले उल्लेख गरेको छ ।

चेपाङ समुदायलाई आवासबाट निष्कासन गर्ने कार्य तत्काल रोक्नुपर्ने, आफ्नो आवासबाट जबरजस्ती निष्कासित गरिएका मानिसलाई पर्याप्त वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने एम्नेस्टीको माग छ ।

मंगलबार जारी एम्नेस्टीको विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो आवासबाट जबरजस्ती निष्कासित गरिएका यी मानिसहरूलाई पर्याप्त वैकल्पिक आवास र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्दछ । साथै यी जबर्जस्ती निष्कासनका कार्यहरूमा जिम्मेवार पीडकहरूलाई जवाफदेही बनाइनुपर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?