Comments Add Comment

लमजुङमा कम्तीमा १० घर पहिरोमा पुरिए

७ साउन, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तीमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए ।

हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको उनले बताए । थापाका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment