Comments Add Comment

 किन आवश्यक उमेर अनुसार स्वास्थ्य परीक्षण ?

हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पाइदैन । अस्पताल वा स्वास्थ्य सेवाको पहुँच सहज नभएका कारण पनि धेरैले रोग पालेर बसेका छन् । कुनै न कुनै शारीरिक समस्याबाट गुज्रिरहेका छन् । गंभिर रोग लागिसकेपछि मात्र अस्पताल धाउने गरिन्छ । यद्यपि कुनैपनि रोगले थलिनुअघि नै स्वस्थ्य परीक्षण गरिरहने हो भने संभावित रोगबारे सुरुमै थाहा हुन्छ र त्यसको उपचार पनि सहज हुन्छ । कुन उमेरमा कस्तो स्वास्थ्य परीक्षण आवश्यक हुन्छ त ?

जन्मदेखि १ बर्षको उमेरसम्म

भर्खरै जन्मिएको बच्चाको शारीरिक तथा मानसिक स्तर सही छ ÷छैन भन्ने कुरा जान्नका लागि थाइराइड परीक्षण गर्नुपर्छ । यदि बच्चा पूर्ण रुपले स्वस्थ्य छ भने, उसको कुनै स्वस्थ्य परीक्षण आवश्यक छैन ।

२ देखि ३ उमेरको बीचमा

जब बच्चा २ बर्षको हुन्छ, ठोस खानेकुरा खान थाल्छन् । खानपानकै कारण पेटमा जुका पर्न सक्छ । वा जीवाणु फैलन सक्छ । यदि उक्त उमेर समूहमा बच्चाको पेटमा जीवाणु छ÷छैन भन्ने जान्नका लागि दिसा परीक्षण गर्न सकिन्छ ।

४ देखि ५ बर्षको उमेरमा

बच्चाको उचाई, मोटाइ, तौल समुचित ढंगले बढिरहेको छ कि छैन ? यसबारे जान्नुपर्ने हुन्छ । बच्चाको आँखा, दाँतको स्वस्थ्यबारे पनि जान्नुपर्छ । यदि त्यसो हो भने सामान्य स्वास्थ्य परीक्षण गर्न सकिन्छ । यसले बच्चाको मानसिक तथा शारीरिक अवस्था सही छ÷छैन भन्ने जानकारी लिन सकिन्छ ।

१० देखि १४ बर्षको उमेरमा

यस उमेरमा बच्चाको नियमित परीक्षण गराउन सकिन्छ । त्यसबाट उनीहरुमा कुनै गडबडी छ÷छैन भन्ने जान्न सकिन्छ ।

१५ देखि १९ बर्षको उमेरमा

किशोरवयमा प्रवेश गरिसकेपछि उनीहरुमा शारीरिक तथा मानसिक परिवर्तन देखिन्छ । शरीरका अंगहरु थप विकासित र बृद्धि हुने अवस्था पनि यहिबेला हो । यो उमेरमा उनीहरुलाई मानसिक रुपले पनि सही राख्नुपर्ने हुन्छ । साथै एक्स रे, लिपिड प्रोफाइल, ब्लड शुगर वा थाइराइड परीक्षण गर्नुपर्छ । किशोरीहरुको मासिक श्राव यहिबेला सुरु हुने भएकाले उनीहरुलाई यौन स्वास्थ्यबारे जानकारी दिलाउनुपर्छ ।

२० देखि ३९ को उमेरमा

यो उमेरमा पनि कतिपय शारीरिक समस्या देखापर्न सक्छ । खासगरी महिलाको मासिक श्रावलाई लिएर समस्या हुनसक्छ । उनीहरुमा मासिक श्राव सही समयमा भइरहेको छ÷छैन भन्ने जान्का लागि पिसिओडी टेस्ट गराउनुपर्छ । यदि गर्भ रहेमा ब्लड सुगर, थाइराइड, युरिन टेस्ट, थैलिसिमिया, हेमोग्लोबिन र एचआइभी परीक्षण गर्न सकिन्छ ।

४० देखि ५० बर्ष उमेरमा

यो उमेरमा विभिन्न किसिमको समस्या देखापर्न सक्छ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह, थाइराड, कोलोस्टोर । त्यसैले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । मोटोपन नियन्त्रण गर्ने, खानपान नियन्त्रण गर्नुपर्छ ।

५० बर्षभन्दा बढी उमेरमा

५० बर्ष पार गरेपछि केहि दीर्घ रोगले सताउन सक्छ । मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, दम जस्ता समस्याहरु देखापर्न सक्छ । त्यसैले नियमित रुपमा यस्ता रोगहरुको परीक्षण गराउनुपर्छ । ५० बर्षपछि शारीरिक शिथिलता पनि बढ्ने भएकाले प्राणायाम, योगलाई बढी महत्व दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment