+
+
Shares

विराटनगरका कोरोना संक्रमित सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १७:५०

७ साउन, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका पुरुष सम्पर्कविहीन भएका छन् ।

बुधबार संक्रमण पुष्टि भएका विराटनगरका ५० वर्षीय पुरुष सम्पर्कबिहीन भएका हुन् । उनको मंगलबार विराट नर्सिङहोममा स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो ।

कोशी अस्पताल, विराटनगरले बुधबार दिउँसो १ बजेमात्र विराटनगर महानगरपालिकालाई ती पुरुषमा सं‌क्रमण भएको जानकारीसहितको रिपोर्ट पठायो । महानगरले खोजी गर्दा उनको पहिचान हुन सकेन ।

अस्पतालले स्वाब संकलन गर्दा स्थायी ठेगाना टिपेको थिएन । त्यही कारण संक्रमण पुष्टि भएका व्यक्तिको पहिचान गर्न गाह्रो भएको महानगरका अधिकारीहरुले बताएका छन्।

बुधबार विराटनगर महानगरपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये एक जना प्रहरी कर्मचारी हुन् । उनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

अर्का संक्रमित विराटनगर महानगरपालिका- ६ का हुन् । दुई जनालाई कोशी अस्पतालको  कोभिड–१९ उपचार केन्द्रमा लगिएको छ ।

तर विराट नर्सिङहोममा स्वाब संकलन गरिएका पुरुष भने पत्ता लागेको छैन । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?