+

राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

२०७७ साउन  ७ गते १९:१० २०७७ साउन ७ गते १९:१०
राखेप सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिस

७ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि तीनजनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस भएको छ । मन्त्रालयले बनाएको तीन सदस्यीय सिफारिस समितिले आवेदन दिएका मध्येबाट तीनजनाको नाम छनोट गरेको हो ।

समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम  सिफारिस गरेको हो । अब मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ र मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा एक जना छनोट गर्नेछ ।

पहिलो पटक खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट हुन लागेको सदस्य सचिवका लागि खेलकुददेखि राजनीतिक क्षेत्रका व्यक्तिहरुले समेत आवदेन दिएका थिए ।

राखेपको सदस्य सचिव बन्नको लागि नयाँ ऐनमा पाँच योग्यता तोकिएको छ । जसमा ३० वर्ष पूरा भएको, नेपाली नागरिक भएको, स्नातक पास भएको, खेलकुद क्षेत्रमा पाँच वर्ष काम गरेको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया, रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले आवदेन दिएका २७ जनाबाट उनीहरुको नाम छनोट गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय