+

राखेप सदस्य सचिवकाे पारिश्रमिक तोकियो

२०७७ साउन  ८ गते ६:१० २०७७ साउन ८ गते ६:१०
राखेप सदस्य सचिवकाे पारिश्रमिक तोकियो

८ साउन काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे अब नियुक्त हुने नयाँ सदस्य सचिवको सेवा सुविधा नेपाल सरकारकाे सचिव सरह हुने भएकाे छ ।
अब सदस्य सचिवकाे मासिक पारिश्रमिक ६० हजार रुपैयाँ हुने छ ।

सदस्य सचिव छनाेटका लागि बनाइएकाे सिफारिस समितिले सदस्य सचिवकाे पारिश्रमिक मासिक ६० हजार निर्धारण गरेको हो ।

बुधबार बसेको सिफारिस समितिले पहिलोपटक राखेप सदस्य सचिवको पारिश्रमिक निर्धारण गरेको हो। यसअघि राखेप सदस्य सचिवको तलब राखेप बोर्डले निर्धारण गर्थ्यो।

तर, राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनमा आएपछि सदस्य सचिवकाे पारिश्रमिक पनि सरकारले सदस्य सचिव चयनका लागि बनाएको सिफारिस समितिले निर्धारण गरेको हो।

नयाँ सदस्य सचिवका लागि सिफारिस समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठकाे नाम सिफारिस गरेकाे छ ।

राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय