
८ साउन, विराटनगर । प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टिमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
बुधबार २७ वर्षीय एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य प्रहरी कर्मचारी क्वारेन्टाइनमा बसेर कार्यालयको काम भर्चुअल माध्ययमबाट गरिरहेका छन् ।
‘कार्यालयको फाँटहरुमा एकजना कर्मचारी राखेर भर्चुअल माध्ययमबाट काम गरिरहेका छौं’, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले भने, ‘अझै केही दिन कार्यालयको काम अनलाइन र सञ्चार सेटबाट नै हुन्छ ।’
पोखरेलले बुधबार प्रदेश प्रहरी कार्यालयका थप १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । १२ जनाको रिपोर्ट आएपछि थप १५० जनाको नमुना संकलन गर्न लागिएको उनले बताए । ‘आज १५० जनाको स्वाब संकलन हुन्छ’, उनले भने, ‘थप परीक्षण पनि गर्छाैं ।’
संक्रमित प्रहरीमा रुघाखोकीको समस्या देखिएपछि एक साताअघि नै होम क्वरेन्टिनमा बसेका थिए ।
प्रतिक्रिया 4