+
+

झापाको सिमसार क्षेत्रमा तीन बालक मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते ११:२४

८ साउन, झापा । केही दिनदेखि बेपत्ता तीन जना बालक मृत अवस्थामा भेटिएका छन् । भद्रपुर नगरपालिका–२ मा रहेको सिमसार क्षेत्रमा उनीहरु मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४/१५ वर्षका करण थामी र उनका भाइ ११/१२ वर्षका अर्जुन थामी छन् ।

मृतकमध्ये तामाङको शव बुधबार फेला परेको थियो भने बिहीबार बिहान थप दुई जनाको शव भेटिएको हो ।

प्रहरीका अनुसार खोजी तथा उद्दारमा १ नं. प्रदेश विपद व्यवस्थापन गुल्म, चन्द्रगढीबाट समेत टोली परिचालित भएको थियो । थप कानूनी प्रक्रिया सुरु गरिएको थापाले बताए ।

तीनै जना बालक घरबाट खेल्न जान्छु भनेर निस्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?