Comments Add Comment

नुन नखाँदा के हुन्छ ?

के नुन बिनाको तरकारी खान सकिएला ? नुन नभएको अचार वा दाल खान सकिएला ? संभवत नुनलाई अलग गरेर हामी आफ्नो नियमित खानपानको कल्पना गर्न सक्दैनौं । नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । तर, चिकित्सकहरु सर्तक गराउँछन्, ‘नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता समस्यामा त यो बढी हानिकारक हुनसक्छ ।’

हाम्रो कतिपय परम्परा एवं संस्कारमा पनि नुनलाई बर्जित गरिएको छ । कतिपय अवस्थामा नुन सेवन गरिदैन । त्यसो भए के नुन हानिकारक नै हो त ? नुन स्वादका लागि मात्र खाइरहेका छौं ?

अहिले हाम्रो भान्सामा जुन नुन चलनचल्तीमा छ, त्यसलाई टेबल साल्ट वा सफा नुन भनिन्छ । यसलाई सोडियम क्लोराइड भनिन्छ, जसमा सोडियम र क्लोरिनको मिश्रण हुन्छ ।

नुनमा पाइने सोडियम हाम्रो शरीरका लागि आवश्यक तत्व हुन् । यसले शरीरमा पानीको मात्रालाई नियन्त्रित राख्न मद्दत गर्छ । सोडियमले मांसपेशीलाई सक्रिय बनाउँछ । मस्तिष्कदेखि शरीरका अन्य अंगसम्म सूचना प्रवाह गर्न पनि सघाउ पु¥याउँछ । यद्यपि यसको नराम्रो पक्ष के छ भने, सबै पदार्थलाई आफुतर्फ तान्ने गर्छ । त्यसैले सोडियमको अधिक प्रयोगले शरीरमा पानीको मात्रा बढ्छ, जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ ।

त्यसो त बजारमा थरीथरीका नुन उपलब्ध छ । हिमालयन साल्ट जस्ता प्रशोधन नगरिएका नुनहरु स्वास्थ्यका लागि अति लाभदायक पनि मान्ने गरिएको छ । तर, विश्वभरको भान्सामा बढी प्रचलनमा भने सेतो नुन नै छ, जुन तपाईं÷हाम्रो खान्कीमा पनि साँझ विहान प्रयोग हुन्छ ।

यसलाई आयोडाइज्ड भनिन्छ, ताकि यसबाट हाम्रो शरीरमा पर्याप्त आयोडिन मिल्न सकोस् । सेतो नुनमा सोडियम ३९ दशमलव १ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य १ प्रतिशत र सोही बमोजिम आइरन पाइन्छ ।

यसैगरी समुन्द्री नुन पनि चलनचल्तीमा छ । समुन्द्री नुनलाई समुन्द्रको पानी वाष्पित गरेर बनाइन्छ । समुन्द्री नुनमा केही मिनरल्स बढी हुन्छ, जसले गर्दा खानाको स्वाद थोरै अलग हुन्छ । तर यो सादा नुन जस्तो हो । समुन्द्री नुनमा सोडियम ३८ दशमलव ३ प्रतिशत, पोटाशियम सून्य दशमलव सून्य ८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव सून्य ५ प्रतिशत र आइरन सून्य दशमलव सून्य १ प्रतिशत हुन्छ ।

पिंक हिमालयन सल्ट वास्तवमा निकै फरक किसिमको नुन हो । यो हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजक हुन्छ । यसलाई रक सल्ट, हिमालयन क्रिस्टल सल्ट नामले पनि चिनिन्छ । सेंधा नुन पनि यसकै एक प्रकार हो । यस नुनमा सोडियम ३६ दशमलव ८ प्रतिशत, पोटाशियम सून्य दशमलव २८ प्रतिशत, म्याग्नेशियम सून्य दशमलव १ प्रतिशत र आइरन एकदम नगण्य मात्रामा हुन्छ ।

कुन नुन उपयोगी ?

सीमित मात्रामा प्रयोग गर्नुहुन्छ भने, सबै नुनमा पोषक तत्व प्राप्त हुन्छ । यदि तपाई पूर्णत स्वसथ्य हुनुहुन्छ भने, टेबल साल्ट अर्थात दिनहुँ तपाईले प्रयोग गरिरहेकै नुन उपयोगी हुन्छ ।

किनभने सोडियम, पोटाशियम र म्याग्नेशियम त अरु सबै नुनबाट पाइन्छ तर आयोडिन मिल्दैन । धेरैजसो प्याकेटबन्द टेबल साल्टलाई आयोडाइन्ज्ड गरिएको हुन्छ । आयोडिन हाम्रो स्वास्थ्यका लागि एकदम फाइदाजक हुन्छ । यसको अभावले कतिपय गंभिर रोग लाग्न सक्छ, जस्तो थाइराइड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment