+
+

२ हप्ताको सुटिङका लागि अक्षयले लिए २७ करोड पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १०:१२

अक्षय कुमार बलिउडका सर्वाधिक कमाई गर्ने नायक हुन् । अफर आएका चलचित्र नछोड्ने यी नायक अब नयाँ चलचित्र ‘बेलबटम’को छायांकनका लागि अगष्ट महिनामा लण्डन जाने तयारीमा छन् । यो चलचित्रको छायांकन सकेर भारत फर्किएपछि उनले चलचित्र ‘अतरंगी रे’को छायांकनका लागि समय दिनेछन् ।

धनुष र नायिका साराअली खानको मुख्य भूमिका रहने चलचित्रमा अक्षयको विशेष भूमिका छ । यो चलचित्रका लागि अक्षयले २ हप्ताको समय दिनेछन् । भारतीय मिडियाका अनुसार, २ हप्ताको सुटिङका लागि अक्षयले यो चलचित्रबाट २७ करोड पारिश्रमिक वुझेका छन् । आनन्द एल रायको निर्देशनमा बन्ने चलचित्रका लागि अक्षयले महंगो पारिश्रमिक लिएपछि यसले चर्चा पाइरहेको छ ।

आनन्दले पहिले ऋतिक रोशनलाई चलचित्रका लागि अफर गरेका थिए । तर, ऋतिकले चलचित्रमा काम गर्न नमानेपछि अक्षयलाई अफर गरिएको थियो । अतिथी भूमिकामा देखिनका लागि एक चर्चित नायकको खोजीमा रहेका आनन्दले अन्ततः अक्षयलाई महंगो पारिश्रमिक दिएर काम गराउन सफल भएका छन् ।

लकडाउनपछि विदेशमा चलचित्रको छायांकन गर्ने पहिलो नायक समेत अक्षय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?