Comments Add Comment

कुटपिटबाट मृत्यु प्रकरणको छानबिनमा पूर्ण सहयोग गर्छौं : सेना

९ साउन, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानबिन सुरु भएको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानबिन थालिएको जनाएको हो ।

यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । साथै, नेपाली सेना, सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्यसम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका-२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । राजकुमारका बुबा विष्णुले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन भाग गरेका छन् ।

सेनाको कुटपिटपछि घर आएका चेपाङ बिरामी भएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

यो पनि पढ्नुहोस सेनाले नियन्त्रणमा लिएर कुटपिट गरेका युवकको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment