+
+
Shares

यी हुन् युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवक

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ साउन ९ गते १३:२४

९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ गरेका थिए । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मोहम्मदले उनलाई एसिड हान्ने योजना बनाएको खुलेको छ । उनले आफूले एसिड प्रहार गर्दा चिन्ने हुनाले कामदार मुन्नालाई प्रयोग गरेर ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएको प्रहरीको भनाइ छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?