Comments Add Comment

रञ्जन कोइरालाको मुद्दा तीन न्यायाधीशको बेन्चमा

११ साउन, काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकनमाथि आइतबार सुनुवाइ हुँदै छ । यो मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको बेन्चमा परेको छ ।

सर्वोच्चका एक पूर्वन्यायाधीशका अनुसार प्रधानन्यायाधीश आफैंले गरेको फैसला भएकाले पुनरावलोकन मुद्दामा उनले पेशी तोक्न मिल्दैन । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार अदालतमा आफैं उपस्थित भएर पेशी तोकेका हुन् ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले पूर्वडीआईजी कोइरालाको मुद्दाको सजायँ कटौती गर्ने निर्णय गरेका थिए ।

प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग यसबारे परामर्श गरेका थिए । सोही परामर्शअनुसार नै आइतबारको निर्णय आउने सूत्रको भनाइ छ

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर जबरा र केसीले भने १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको सो फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

गल्ती सच्याउन प्रधानन्यायाधीश तयार

पत्नीका हत्यारा पूर्वडीआइजी कोइरालाको सजायँ घटाउने सर्वोच्च अदालतको फैसलामा भएको गल्ती सच्याउन प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा तयार भएको उच्च स्रोतले जनाएको छ । गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको यो फैसलाको सर्वत्र आलोचना भएपछि प्रधानन्यायाधीश जबरा गल्ती सच्याउन तयार भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

सर्वोच्चको फैसलापछि पूर्वडीआइजी कोइराला जेलबाट छुटिसकेका छन् । अदालतको यो फैसलाको विरोधमा सडकमा प्रदर्शनसमेत हुन थालेपछि प्रधानन्यायाधीश जबरा एक कदम पछि हटेका हुन् ।
फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतमा सरकारले दर्ता गरेको निवेदनमाथि सुनुवाई गर्नुपूर्व प्रधानन्यायधीश राणाले शनिबार बालुवाटारस्थित निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरुसँग यसबारे परामर्श गरेका थिए । सोही परामर्शअनुसार नै आइतबारको निर्णय आउने सूत्रको भनाइ छ ।

सरकारले पुनरावलोकनका लागि दर्ता गरेको निवेदन नै अनुसार कोइरालाको मुद्दा पुनरावलोकनमा जाने निर्णय भइसकेपछि यो मुद्दा अदालती प्रक्रियामा प्रवेश गर्ने सर्वोच्च स्रोत बताउँछ । त्यसपछि बढीमा एक वर्षभित्र पुनरावलोकन सम्पन्न हुने जानकारहरु बताउँछन् । अन्तिम फैसला हुँदा पहिलेको आदेश उल्टियो भने रञ्जन कोइरालाले पुनः जेल बस्नुपर्ने हुन्छ । पुरानै फैसला सदर भएमा उनले जेल बस्नुपर्दैन ।

तर, असार १५ गतेको फैसलाप्रति कोही पनि न्यायाधीशहरु सन्तुष्ट नदेखिएकाले यो मुद्दा उल्टी हुने सम्भावना बढेको छ ।

याे पनि पढ्नुस् 

पुनरावलोकनको पेशी तोकिने दिन प्रधानन्यायाधीश जबरा बिदा बस्लान् ?

सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’

सर्वोच्चको चित्त : जन्मकैद गर्दा चर्को पर्न जाने हो कि !

जब हत्यारा डीआईजीप्रति साथीको चित्त पग्लिएन…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment