Comments Add Comment

शिशुको लागि स्तनपानको विकल्प होइन गाईको दुध

जन्मपछि शिशुको लागि सम्पूर्ण आहार हो, आमाको दुध । आमाको दुधबाट नै उनीहरुले शरीरलाई चाहिने आवश्यक पोषक तत्व ग्रहण गर्छन् । तर, कतिपय अवस्थामा आमाले शिशुलाई स्तनपान गराउन सक्दैनन् वा चाहँदैनन् । यस्तो अवस्थामा उनीहरुले गाईको दुधलाई विकल्पको रुपमा लिने गर्छन् । जबकी आमाको दुधको विकल्प होइन गाइको दुध । महत्वपूर्ण कुरा त के भने, शिशुलाई गाईको दुधले फाइदा गर्दैन, बरु हानी गर्न सक्छ ।

गाईको दुध अमृतसमान मानिन्छ । दुध स्रोत भएकाले पनि गाईलाई गुणी जनवार मानिन्छ । तर, गाईको दुध नवजात शिशुको लागि भने हानिकारक हुन्छ । अझ एक बर्षभन्दा कम उमेरका बच्चालाई त गाईको दुध पिउन दिनै हुन्न ।

यद्यपि आमाको दुध नआएको अवस्थामा पनि गाईको दुध पिउन दिइन्छ । ठोस पदार्थ खाने उमेर नपुगेको बच्चालाई गाईको दुध सजिलो र छरितो आहार मान्ने गरिन्छ ।

तर, गाइको दुधले नवजात शिशुको श्वासप्रश्वास प्रक्रियामा रोग ल्याउँछ । साथै पाचन यन्त्रमा समेत रोगको जोखिम बढाउँछ । त्यसबाहेक अन्य समस्या पनि निम्त्याउँछ ।

हल्का र सुपाच्य खानेकुरा दिनुपर्छ

आफ्नो शिशुको राम्रो स्वस्थ्यका लागि हल्का र सुपाच्य खानेकुरा आवश्यक हुन्छ । एक बर्षभन्दा कम उमेरका बच्चाले दुधमा रहेको प्रोटिन पचाउन सक्दैनन् । त्यसले उनीहरुको पेटलाई बोझिलो बनाउँछ ।

एनीमियाको खतरा हुन्छ

बाल रोग विशेषज्ञका अनुसार गाईको दुध पिउने बच्चामा एनीमियाको खतरा हुन्छ । उनीहरुमा एलर्जी लगायत अन्य रोगको खतरा समेत हुन्छ ।

सप्लिमेन्ट्री भोजन

यदि चाहनुहुन्छ भने एक बर्षभन्दा बढी उमेरका शिशुलाई अनुपूरक अर्थात सप्लिमेन्ट्री भोजन दिन सकिन्छ । जबकी एक बर्षभन्दा कम उमेरको बच्चाको विशेष हाइड्रोलाइज्ड र एमिनो एसिड आधारित भोजन गराउन सकिन्छ, ताकि उनीहरुलाई एलर्जीलगायत समस्या नहोस् ।

जब बच्चा हुर्कदै जान्छ, उनीहरुलाई दुधका अतिरिक्त अन्य खानेकुरा पनि दिनुपर्ने हुन्छ । पूर्विय संस्कार अनुसार शिशु पाँच वा ६ महिनाको भएपछि पास्नी गरिन्छ । यही चरणदेखि शिशुलाई दुधका अतिरिक्त अन्य सुपाच्य खानेकुरा ख्वाउन थालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment