Comments Add Comment

राखेप सदस्य सचिव नियुक्तिको तयारी

१२ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको नियुक्ति सोमबार हुने सम्भावना रहेको छ । युवा तथा खेलकुद मन्त्रालयले बनाएको सिफारिस समितिले सिफारिस गरेको तीन जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरिसकेको छ ।

अब सोमबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्ने सम्भावना छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले मन्त्रिपरिषद बैठक सोमबार बेलुका ५ बजे बस्ने जानकारी दिए । उनले नयाँ सदस्य सचिवको चयन हुने सम्भावना धेरै रहेको पनि बताए ।

नयाँ खेलकुद ऐन राष्ट्रपतिबाट प्रमाणीकरण हुँदै असार १८ गतेदेखि कार्यान्वयनमा आएपछि राखेपका सदस्य सचिवलगायत सदस्यहरु पदमुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार नयाँ प्रकियाबाट सदस्य सचिव चयन गरिन लागेको हो । युवा तथा खेलकुदमन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा बनेको सदस्य सचिव सिफारिस समितिले निरव्तमान सदस्य सचिव रमेश सिलवाल, लिलबहादुर थापा मगर र अन्जु श्रेष्ठ गरी ३ जनाको नाम सर्टलिस्ट गरेर मन्त्रालयमा सिफारिस गरेको थियो ।

अब त्यही तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषदले सदस्य सचिव नियुक्त गर्नेछ । सिफारिस समितिले सदस्य सचिवका लागि दरखास्त पेश गर्न एक साताको समय तोकेको थियो । जसमा २७ जनाले आवेदन दिएका थिए । त्यसबाट समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।

अब बन्ने सदस्य सचिव राखेको १९औं सदस्य सचिव हुनेछन् । यदि सिलवाल नै सदस्य सचिवमा चयन भएमा भने पुरानै अनुहार दोहोरिने छ । समग्रमा भने अब आउने सदस्य सचिव कार्यकालको हिसाबले २१ औं हुनेछ ।

सकुन्तला नगरकोटीले कार्यवाहक सदस्य सचिवको भूमिका निर्वाह गरेकी थिइन् ।

अहिलेसम्मका राखेप सदस्य सचिवहरु

स्व. होराप्रसाद जोशी : २०१५ देखि १६ सम्म

सुशीलशमसेर जवरा : २०१७ देखि २४ सम्म

स्व. खड्गविक्रम शाह : २०२४ देखि ३४ सम्म

स्व. शरदचन्द शाह : २०३४ देखि ४५ सम्म

स्व. इन्दुबहादुर शाही : २०४५ देखि ४६ सम्म

स्व. युद्धविक्रम शाह : २०४६ देखि ४८ सम्म

स्व. राजबहादुर सिंह : २०४८ देखि ५० सम्म

रुक्शशमसेर राणा : २०५० देखि ५२ सम्म

केशव स्थापित : २०५१ देखि ५२ सम्म

शरद कुमार भट्टराई : २०५२ देखि ५३ सम्म

बद्रिनाथ श्रेष्ठ : २०५३ देखि ५३ सम्म

जीवनराम श्रेष्ठ : २०५३ देखि ५४ सम्म

रुक्शशमसेर राणा : २०५४ देखि ५५ सम्म (दोस्रो कार्यकाल)

विनोदशंखर पालिखे : २०५५ देखि ५९ सम्म

किशोरबहादुर सिंह : २०५९ देखि ६३ सम्म

जीवनराम श्रेष्ठ : २०६३ देखि ६६ सम्म (दोस्रो कार्यकाल)

हरिबाबु चौधरी : २०६६ देखि ६८ सम्म

युवराज लामा : २०६८ जेठ २९ देखि २०७२ जेठ २८ सम्म

सकुन्तला नगरकोटी : २०७२ जेठ ३२ देखि २०७२ असार ९ सम्म -(कार्यवाहक)

केशवकुमार विष्ट : २०७२ असार १० देखि २०७६ असार ९ सम्म

रमे कुमार सिलवाल : २०७६ असार २३ देखि २०७७ असार १७ सम्म

स्रोत : राखेप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment