Comments Add Comment

फेलाइनिलीले ८ मिनेटमा पूरा गरे हेडर ह्याट्रिक

१२ साउन काठमाडौं । बेल्जियन खेलाडी माराउने फेलाइनीले ८ मिनेटको अन्तरमा हेडर गोलबाटै ह्याट्रिक पूरा गरेका छन् ।

चाइनिज सुपर लिग अन्तर्गत डालियन प्रो विरुद्ध ३-२ को रोमाञ्चक जित हात पार्ने क्रममा सानडोङ लुनेङका लागि फेलाइनीले दोस्रो हाफमा जम्मा ८ मिनेटको अन्तरमा ह्याट्रिक गरे । उनले सबै गोल हेडबाटै गरेका थिए ।

म्यानचेष्टर युनाइटेडका पूर्वमिडफिल्डर ३२ वर्षीय फेलाइनीले ७९औं, ८३ औं र ८६ औं मिनेटमा गोल गरे ।

नाटकीय खेलमा लुनेङले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

एभर्टन र युनाइटेडबाट प्रिमियर लिग खेल्दै ११ वर्ष इंग्ल्याण्डमा बिताएका फेलाइनीले ह्याट्रिक गरेपछि लुनेङको जित पक्का भएको हो । फेलाइनीलाई २०२० को सुरुमै कोरोना संक्रमण भएको थियो र पछि उनी निको भए ।

त्यसअघि ५७ औं मिनेटमा सलोमोन रोन्डनको गोलबाट डालियनले अग्रता लिएको थियो । इन्जुरी टाइमको तेस्रो मिनेटमा मार्कुस ड्यानिल्सेनले गोल गरेपनि घरेलु टोली डालियनको हार टार्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment