+

दीपक विष्ट र स‌ंगीना वैद्यसहित १२ जना तेक्वान्दो संघबाट विदाइ

२०७७ साउन  १२ गते १७:१९ २०७७ साउन १२ गते १७:१९
दीपक विष्ट र स‌ंगीना वैद्यसहित १२ जना तेक्वान्दो संघबाट विदाइ

१२ साउन काठमाडौं । नेपाल तेक्वान्दो संघले केन्द्रीय कार्यसमितिको विभिन्न पदमा रहेका पदाधिकारी र सदस्यहरुलाई विदाइ गरेको छ ।

संघले सोमबार सातदोबाटो ललितपुरस्थित संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्टसहित १२ पदाधिकारीलाई विदाइ गरेको हो ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि दुई पदमा रहन नपाउने प्रावधान अनुसार उनीहरुले संघबाट राजीनामा दिएका थिए ।

नयाँ ऐनले राष्ट्रिय खेलकुद परिषदका बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । जसको कारण उनीहरुले संघबाट राजीनामा दिएका थिए ।

उनीहरुले राजीनामा दिएको राजीनामा स्वीकृत गर्दै संघले पदाधिकारीको विदाइ गरेको जनाएको छ ।

राजीनामा बुझाउनेमा सचिव श्रेष्ठ, सचिव तथा प्रवक्ता विष्ट र सह-कोषाध्यक्ष सुमनकुमार घले रहेका छन् । यस्तै सदस्यहरु टिकाप्रसाद लिम्बु, संगीना बैद्य, नोर्बु सलामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योन्जन, कविराज खड्की, हिराबहादुर थापा र मिन न्यौपाने रहेका छन् ।

उनीहरुलाई विदाई गर्दै संघका प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको योगदानका लागि अनुरोध गरेका थिए ।

संघका महासचिव दीपराज गुरुङले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्‍याएको भूमिका र योगदानका लागि धन्यवाद व्यक्त गरे ।

यस्तै संघका महासचिव दीपराज गुरुङले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्‍याएको भूमिका र योगदानका लागि सबैलाई धन्यवाद दिए ।

महासचिव गुरुङले तेक्वान्दो परिवारका पदाधिकारीहरुलाई विदाइ गर्नु पर्दा आफूलाई दु:ख लागेको बताउँदै सबै प्रशिक्षकहरुको योग्यता र क्षमतालाई संघले उच्च सम्मान गर्ने र आगामी दिनमा सबै मिलेर तेक्वान्दो खेल र संस्थाको विकासका लागि सहयोग पुर्औउन आग्रह गरे ।

विदाइ हुने पदाधिकारी र पद

१. नवीनकुमार श्रेष्ठ सचिव
२. दीपक विष्ट सचिव/प्रवक्ता
३. सुमनकुमार घले सह-कोषाध्यक्ष
४. टिकाप्रसाद लिम्बु सदस्य
५. संगीना वैद्य सदस्य
६. नोर्बु लामा सदस्य
७. हेमन्त डाँगी सदस्य
८. श्रीमान थापा मगर सदस्य
९. पूर्ण योञ्जन सदस्य
१०. कविराज खड्गी सदस्य
११. हिराबहादुर थापा सदस्य
१२. मिन न्यौपाने सदस्य

नेपाल तेक्वान्दो संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय