
१३ साउन, काठमाडौं । मलेसियाका पूर्व प्रधानमन्त्री नजीब राजाक अर्बौं डलरको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मलेसियाको वान एमडीबी नामक सरकारी कोषमा भएको भ्रष्टाचारको मामिलामा नजीबले आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको हो ।
रजाकमाथि यस्ता कम्तीमा तीन मुद्दा चलिरहेका छन् । जसमध्ये पहिलो मुद्दाको फैसला आएको हो । मलेसियामा दुई वर्षअघि भएको निर्वाचनमा नजीब रजाक पराजित हुँदै सत्ताबाट बाहिरिन पुगेका थिए ।
रजाकले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । यद्यपि अभियोजनकर्ताले भने उक्त सरकारी कोषबाट कम्तीमा एक अर्ब डलर उनको खातामा ट्रान्सफर भएको आरोप लगाएका छन् । रजाक सन् २००९ देखि २०१८ सम्म मलेसियाको सत्तामा थिए ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4