+
+

पितृभोजको खीर खाँदा २८ जना बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १९:५८

१३ साउन, बुटवल । पाल्पाको रामपुरमा काजकिरिया सकिने दिन पकाएको पितृ भोजको खीर खाँदा २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहतीमा पाउडर दूधमा पकाएको खीर खाँदा २८ जना बिरामी परेका हुन् ।

बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए । सबै बिरामीको अवस्था खतरामुक्त रहेको उनले बताए ।

आइतबार खीर खाएका उनीहरूलाई सोमबार सामान्य पेट दुखेको थियो । मंगलबार बिहानैदेखि पखाला लाग्ने, वाकवाकी लाग्ने र ज्वरोसमेत आउन थालेपछि रामपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको हो ।

स्थानीय मानबहादुर विकको काजकिरियाको अन्तिम दिन आयोजना गरिएको पितृभोजमा पाउडर दूधमा खीर पकाइएको थियो ।

बिरामी हुनेहरुमा २० जना महिला, ३ जना बालबालिका र ५ जना पुरुष छन् । उनीहरूलाई ‘फुड पोइजन’ भएको हुनसक्ने स्वास्थ्य शाखा प्रमुख ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?