Comments Add Comment

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा शुभारम्भ

१३ साउन, काठमाडौं । आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले’स्क्यान एन्ड वीड्र’सुविधाको सुरुवात गरेको छ ।

मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग  नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउनेछ ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंककाप्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अबनबिल बैंकका ग्राहकले चेक/एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ ।

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा  प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment