Comments Add Comment

रेबिजको खतरा

अहिले सर्वत्र कोरोनाको त्रास छ । सबैको ध्यान कोरोनामा केन्द्रित छ । कसरी कोरोनाबाट बच्ने, कस्तो सावधानी अपनाउने इत्यादि । कोरोना नयाँ भाइरस भएकाले हामी यसप्रति बढी सचेत र सर्तक छौं । तर, यससँगै अन्य किसिमको संक्रमण र रोगहरुबाट पनि हामीले उत्तिकै जागरुक हुन आवश्यक छ । जस्तो कि, रेबिज ।

पशु खासगरी कुकुरको टोकाइबाट मान्छेमा सर्ने रोग हो यो । जबकी हामीमध्ये कतिपयको घरमा कुकुर छ, टोलमा, चोकमा जताततै छ । खासगरी सडक कुकुरले रेबिजको जोखिम बढाउँछ । किनभने लाइसा नामक भाइरसबाट संक्रमित कुकुरले टोकेमा हाम्रो शरीरमा रेबिजको जीवाणु प्रवेश गर्छ । यसको जोखिम त के भने, रेबिज लागेको कुकुर वा मान्छे बहुलाउने गर्छ । चिकित्सकहरुले यसलाई ‘सत् प्रतिशत प्राणघातक रोग’ भनेर औल्याएका छन् ।

कुकुर एवं जनवारको ¥यालमा रहेको भाइरस छालाको भित्री तन्तु र मांसपेशी हुँदै स्नायु, मेरुदण्ड र मस्तिष्कसम्म पुग्छ । तथ्यांक अनुसार रेबिजकै कारण नेपालमा बर्षेनी लगभग २ सय जनाको मृत्यु हुने गरेको छ ।

रेबिजको जोखिमबाट कसरी जोगिने त ?

रेबिजबाट जोगिनु भनेको पशु खासगरी कुकुरको टोकाइबाट सुरक्षित रहनु नै हो । यसका लागि विशेषत सडक कुकुरबाट जोगिनुपर्छ । रेबिज संक्रमित कुकुरमा केही लक्षण देखिन्छ । जस्तो कि, विना कारण टोक्ने, झम्टने, जथाभावी दौडने, स्वरमा परिवर्तन आउने, अत्याधिक ¥याल निकाल्ने । यस्तो कुकुर देखिएमा एकदमै सर्तक रहनुपर्छ ।

चिकित्सकहरुका अनुसार यदि मान्छेमा रेबिज सरेमा त्यसबाट बच्ने कुनै उपाय छैन । वा उपचारले निको हुने संभावना हुँदैन । त्यसैले कुकुरले टोक्नसाथ रेबिज बिरुद्धको खोप लगाउनैपर्छ । कतिपयले सामान्य घाउ मात्र ठान्ने गर्छन् र खोप लगाउँदैनन् । वा घाउ सानो छ भनेर खोप लगाउनु नपर्ने ठान्छन् । तर, सानो होस् वा ठूलो, कुकुरले टोकेपछि अनिवार्य रेबिज बिरुद्ध खोप लगाउनुपर्छ ।

त्यसैगरी कुकुर सानो होस् वा ठूलो, यदि कुकुरको पृष्टभूमी स्पष्ट नभइसकेको अवस्थामा खोप लगाउर्नैपर्छ । सानो छाउराले त टोकेको हो नि भनेर बेवास्ता गर्दा पछि रेबिज सरेको उदाहरण पाइएको चिकित्सकहरुले बताएका छन् ।

कुकुरले टोकेपछि तीन दिनभित्र खोप लगाउनुपर्छ भन्ने भ्रम पनि व्याप्त छ । तर, चिकित्सकहरुका अनुसार कुकुरले टोकेको जतिसक्दो चाडो खोप लगाउनुपर्छ ।

नेपालमा सबैभन्दा बढी कुकुरको टोकाईको कारण खोप लगाउन पुग्ने गर्छन् । त्यसो त कुकुरकै टोकाइबाट धेरैमा रेबिज लागेको तथ्यांक पनि छ । यद्यपि घरपालुवा जनवारहरु गाईबस्तुमा समेत यसको संक्रमण हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment