Comments Add Comment

युरोपका युवाहरुमा कोरोना संक्रमण बढेकोप्रति डब्ल्यूएचओको चेतावनी

१४ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को युरोप क्षेत्रका क्षेत्रीय निर्देशक हान्स क्लुगले युरोपेली क्षेत्रका युवाहरुमा कोरोना भाइरसको संक्रमण थप बढ्न सक्ने बताएका छन् । बीबीसी रेडियोलाई दिएको अन्तर्वार्तामा उनले युवाहरुसँग अधिकारीहरुको सञ्चार राम्रो हुनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेका मुलुकमा स्थानीयरुपमा संक्रमण फैलिन थालेको क्लुगले बताएका छन् । उनले पछिल्लो समय मानिसहरुको व्यवहारमा परिवर्तन आएकाले कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएको बताएका हुन् । ‘हामीले धेरै स्वास्थ्य अधिकारीहरुबाट युवाहरुमा ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी पाएका छौँ । त्यसैले म युवा पुस्ताहरुसँग कसरी घुलमिल हुने भन्नेतर्फ सोच्नु जरुरी रहेको देख्छु ।’

क्लुगले युवा पुस्ताहरु गर्मी मौसममा बाहिर घुम्ने जान चाहने स्वभावका हुने भन्दै उनीहरुले आफ्नो, अभिभावकहरु, घरका सदस्यहरु र समुदायहरुप्रति पनि जिम्मेवारी देखाउँदै स्वस्थकर व्यवहार लागू गर्नुपर्ने बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment