Comments Add Comment

कोरोना संक्रमितको उचित व्यवस्थापन गर्न माग गर्दै अदालतमा उजुरी

१५ साउन, वीरगञ्ज । प्रदेश, स्थानीय सरकार तथा स्थानीय प्रशासनले कोभिड संक्रमितको उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा उजुरी परेको छ ।

डब्ल्यूएचओ तथा नेपाल सरकारको प्रोटोकल विपरित कार्य भइरहेको भन्दै वीरगञ्जका अधिवक्ता सुधिर कर्णले उजुरी गरेका हुन् । रिट निवेदनमा कानुनको पालना गरी संक्रमितको सही व्यवस्थापन र उपचार गर्नुपर्ने लगायतको माग राखिएको छ ।

उजुरीमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, वीरगञ्ज महानगरपालिकाको कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, संकट व्यवस्थापन केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पताल वीरगञ्जलाई विपक्षी बनाइएको छ ।

यो पनि पढ्नुहोस प्रदेश २ मा फेरि लकडाउनको माग, कोरोना संक्रमितमध्ये २० प्रतिशतमा लक्षण देखिन थाल्यो

निवेदनमा भारतसँगको खुल्ला सिमानामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई विदेश तथा भारतबाट नेपालमा मानिस आवत जावत गर्ने कार्यलाई तत्काल बन्द गर्न आवश्यक वन्दोबस्ती मिलाउन माग गरिएको छ ।

यो पनि पढ्नुहोस वीरगञ्जमा विषम परिस्थिति देखा पर्‍यो, चिकित्सकसहितको विज्ञ टोली पठाऊ : राजनीतिक दल 

यस्तै समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि जोखिममा रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षणको दायरा बढाउन, खानपान र बसोबसको यथोचित व्यवस्था सहितका क्वारेन्टिन बनाउन, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिमको आईसीयू तथा भेन्टिलेटर सहितको आइसोलेसन कक्ष भएको अस्पताल व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

यो पनि पढ्नुहोस पर्सा र बारामा सेना, स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

यसैगरी घरमा बस्न बाध्य संक्रमितलाई तत्काल आइसोलेसनमा राख्न आवश्यक प्रबन्ध गर्न, नारायणी अस्पतालबाट अन्य वैकल्पिक स्वास्थ्य सेवा प्रवाह गराउन र कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिका लागि  ‘सदगद स्थल’ को व्यवस्था मिलाउन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment