Comments Add Comment

घुस लिन खोज्ने ४ प्रहरी निलम्बित, घुस दिन खोज्ने १६ जना नियन्त्रणमा

१५, साउन हेटौंडा । मकवानपुरमा ३ दिनयता प्रहरीलाई घुस दिन खोज्ने १६ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक प्रलोभनमा परेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले ४ जना प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा परेको भन्दै निलम्बन गरेको छ ।

घुस दिँदै गर्दा पक्राउ पर्नेहरुमा अधिकांश प्रहरीको आँखा छलेर यात्रा गराउने चालकहरु १५ जना र एक जना ट्याक्टर चालक रहेका छन् ।

पक्राउ परेकालाई सार्वजनिक हित र नैतिकताविरूद्धको कसुरमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तराईका जिल्लाबाट अतिआवश्यक सामग्री बोकेको भन्दै आउने सवारी चेकजाँचका क्रममा चालकले प्रहरीलाई नगद दिँदै प्रलोभनमा पारेको पाइएको बताइएको छ ।

लकडाउनको समयमा तराईका जिल्लाबाट साना जिपको पछिल्लो भागमा त्रिपालले छोपेर मान्छे जिल्ला कटाउने गरेको खबर पछि प्रहरीले निगरानी गरेको थियो ।

निलम्बन हुनेहरुमा इलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्रकुमार मल्ल, इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महतो छन् ।

मकवानपुर प्रहरीले विहीबार प्रहरीलाई प्रलोभनमा पारेको भन्दै ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक वीरगञ्जका ३३ वर्षका नसरुद्धिन अन्सारी, बारा जीतपुर सिमराका १ का गुलाम अन्सारी, ३४ वर्षका लाल अन्सारी र सर्लाही बरहथवा ९ मुर्तियाका २३ बर्षका अरूण महतो छन् ।

नाकामा रहेका प्रहरीलाई प्रलोभनमा पार्न खोजेको भन्दै नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए । उनका अनुसार प्रहरीलाई प्रलोभनमा पार्ने र पर्ने दुबैलाई कारवाही गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment