Comments Add Comment

चेतना र उर्जाका लागि श्रम

महान् दार्शनिक कनफ्यशियस गाउँ घुम्न निस्किएका थिए । उनले बगैंचामा एक माली देखे । बुढा माली कुवाबाट पानी तानिरहेका थिए । उनका लागि यो कष्टकर थियो । किनभने उनले एकदमै परम्परागत ढंगबाट पानी तानिरहेका थिए । जबकी त्यसलाई अलि सहज ढंगले पनि तान्न सकिन्थ्यो । तब कनफ्यशियसले बुढालाई सोधे, ‘किन सजिलो उपाय हुँदा हुँदै गाह्रो गरी तपाई पानी तानिरहनुभएको छ ? के तपाईलाई सजिलो उपायबारे हेक्का छैन ?’

बुढाले सावधानीपूर्वक भने, ‘विस्तारै बोला । किनभने यो कुरा मेरो छोरोले सुन्न सक्छ । मलाई कसरी सजिलै पानी तान्ने भन्ने थाहा छ । तर, यो कुरा मेरो छोरोले थाहा पाउनु हुँदैन । किनभने त्यसो भयो भने ऊ श्रमबाट टाढा भाग्छ । जुन दिन ऊ श्रमबाट भाग्छ, त्यसदिन जीवनबाटै टाढा हुन्छन् ।’

जीवन र श्रमले एकै अर्थ राख्छ । तर, अहिलेको अवस्था के छ भने मानिसहरु श्रम गर्न छाड्दैछन् । उनीहरु आफ्नो श्रम अरुलाई गराउँछन् । नोकर–चाकर, कामदार आदिलाई श्रम गर्न लगाउँछन् । यसले गर्दा कसैको भागमा धेरै श्रम परेको छ भने, कसैको भागमा श्रम परेको छैन । अति श्रमले ज्यान लिन्छ, कम श्रमले पनि ज्यान लिन्छ ।

यसैले भनिएको हो, समुचित श्रम । श्रमको सहि विभाजन । हरेक व्यक्तिको हातमा श्रम हुनुपर्छ ।

जति तिब्रताले, जति आनन्दले र जति अहोभावले श्रम गरिन्छ, उत्तिनै त्यो सार्थक हुन्छ । यसो गर्दा उनको जीवन–धारा मस्तिष्कबाट उत्रिएर नाभीको नजिक आउन सुरु गर्छ । किनकी श्रमका लागि मस्तिष्कको कुनै आवश्यक्ता छैन । श्रमको लागि हृदयको पनि जरुरत छैन । श्रमले त सोझो नाभीबाट उर्जा ग्रहण गर्छ ।

सही भोजनका साथसाथै समुचित श्रम अत्यान्तै आवश्यक छ । हामी श्रम गर्छौ र ठान्छौ, अरुका लागि गरिदियौं । यो भ्रम हो । वास्तवमा हामी जति श्रम गर्छौ, त्यसको प्रतिफल हामी स्वंमले लिन्छौ ।

चर्चिल अवकासप्राप्त जीवन विताइरहेका थिए । एक मित्र उनलाई भेट्न गए । उनी बगैंचामा गएर केहि बिरुवा रोपिरहेका थिए । मित्रले चर्चिलसँग राजनीतिक प्रश्न गरे । चर्चिलले भने, ‘छोड, यो कुरा सकियो । यदि बाइबलको कुरा गर्छौ भने म बाइबल पढिरहेको छु । यदि बागवानीको कुरा गर्छौ भने म यहाँ बागवानी गरिरहेको छु ।’

उक्त व्यक्तिले कुरा बुझेनन् । उनलाई लाग्यो ‘चर्चिल कस्ता व्यक्ति हुन् । मैले उनीसँग राजनीतिक प्रश्न लिएर पुगेको थिएँ । तर, उसले भन्यो कि अब म श्रम गरिरहेको छु र प्रार्थना गरिरहेको छु ।’

आखिर चर्चिलले सही भनेका थिए । उनको भनाईको अर्थ थियो, श्रम र प्रार्थना एकै हो । दुबै आपसमा पर्यायवाची हो ।

श्रम शरीररको आवश्यक्ता हो । तर, समूचित श्रम । अति श्रमले पनि ज्यान लिन्छ ।

शरीरका त्यती नै श्रम गरौ, जसले शरीर स्वस्थ्य र ताजा हुनसक्छ । जति ताजगी हुन्छ, उत्तिनै भित्री स्वस्थमा अक्सिनज हुन्छ । जति श्वासप्रश्वास आनन्दपूर्ण हुन्छ, उतिनै जीवनको आन्तरिक क्षमता बढ्छ ।

ओशो भन्छन्, ‘श्रम मनुष्यको चेतना र उर्जा जगाउनका लागि अनिवार्य हिस्सा हो ।’

अब्राहम लिंकन एक दिन बिहान–बिहानै आफ्नो घरमा बसेर जुत्ता पोलिस गरिरहेका थिए । उनका एक मित्र आए र भने, ‘लिंकन तिमी यहाँ के गरिरहेका छौ ? आफै जुत्ता पोलिस गरिरहेका छौ ?’

लिंकनले भने, ‘तिमीले मलाई अप्ठ्यारोमा पारिदियौं । के तिमी अर्काको जुत्ता पोलिस गछौ ? म त आफ्नो जुत्ता पोलिस गरिरहेको छु ।’

उनले भने, ‘होइन, होइन, म त अर्कालाई आफ्नो जुत्ता पोलिस गराउँछु ।’

‘अर्काको जुत्ता पोलिस गराउनुभन्दा खराब काम हो, अर्कालाई जुत्ता पोलिस गराउनु’ लिंकनले भने ।

यो दृष्टान्तले के भन्छ भने, श्रम गुमाउनु भनेको आफ्नो जीवनलाई नबुझ्नु हो । प्रकृतिले शरीरलाई श्रम गर्नकै लागि दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment