Comments Add Comment

इंग्ल्याण्डले एक खेल अगावै जित्यो सिरिज

१८ साउन, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले आयरल्याण्डविरुद्धको ओडिआई सिरिज एक खेल अगावै जितेको छ । आईसीसी विश्वकप सुपर लिगअन्तर्गत भएको पहिलो सिरिजमा इंग्ल्याण्डले लगातार दुई खेल जित्दै तीन खेलको सिरिज आफ्नो पक्षमा पारेको हो ।

जोनी बेयर्स्टोवले ८२ रन बनाएपछि इंग्ल्याण्डले दोस्रो ओडिआईमा आयरल्याण्डलाई ४ विकेटले पराजित गर्दै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । पहिलो ओडिआई इंग्ल्याण्डले ६ विकेटले जितेको थियो ।

साउथह्याम्टनको दी रोस बल स्टेडियममा भएको खेलमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २१२ रन बनाएको थियो । आयरल्याण्डका लागि यसै सिरिजमार्फत डेब्यु गरेका कर्टिस काम्परले अर्धशतक प्रहार गर्ने क्रममा ६८ रन बनाए । उनले ८७ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै हेरी हेक्टरले २८, सिमी सिंहले २५ र एन्डी म्याब्रिनेले २४ रन जोडे । इंग्ल्याण्डका लागि एदिल रसिदले ३ तथा डेविड विली र साकिव महमुदले २-२ विकेट लिए ।

२१३ रनको लक्ष्य इंग्ल्याण्डले ३२.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर ज्यासन रोए शुन्यमा बउट भएपनि अर्का ओपनर जोनी बेयर्स्टोवले उत्कृष्ट ब्याटिङ गरेपछि इंग्ल्याण्डले खेल जित्यो । बेयर्स्टोले ४१ बल खेल्दै १४ चौका र २ छक्काक मद्दतमा ८२ रन बनाए ।

यस्तै साम बिलिङ्सले नटआउट ४६ रन योगदान गरे । उनले ६१ बल खेल्दै ६ चौका प्रहार गरे । जेम्स भिन्सले १६ र टम बान्टनले १५ रन जोडे । आयरल्याण्डका जोस लिटले ३ र कर्टिस गाम्परले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment