Comments Add Comment

विराटनगरमा प्रहरीको गाडीमाथि ढुंगामुढा

१८ साउन, विराटनगर । विराटनगरस्थित नेपाल-भारत सीमवर्ती क्षेत्रमा प्रहरीको गाडी तोडफोड भएको छ । गस्तीको क्रममा तस्करको समूहले शनिबार राति गाडिमा आक्रमण गरी तोडफो८ गरेको प्रहरीले बताएको छ ।

गाडी तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय अनिल साह र २४ वर्षीय मुकेश देव रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । शनिबारराति विराटनगर–१५ को सुँडी बस्तीमा इलाका प्रहरी कार्यालय रानीको गाडी तोडफोड भएको थियो ।

तस्कर समूहले ढुंगामुडा गर्दा ना १ झ १३४८ नम्बरको गाडीको सिसा फुटेको राईले बताए । पक्राउ परेकाहरु विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment