Comments Add Comment

बालिकालाई बलात्कार प्रयास गर्ने युवक पक्राउ

१८ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा ४ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जगरनाथ गाउँपालिका-२ दसौता बस्ने १९ वर्षीय रुपेश कुशवाहा पक्राउ परेका हुन् । उनले गाउँकै चार वषिर्या बालिकालाई ललाई फकाई ओरिया खोलको बाँध नजिकै रहेको खर घारीमा बलात्कारको प्रयास गरेको आरोप छ ।

शनिबार बिहान खाना खाने बेलामा घरमा छोरी खोज्दा नभेटिएको र खोज्दै जाँदा ओरिया खोला कपडा खोलिएको अवस्थामा भेटिएको बालिकाको बुवाले बताए ।

केटालाई समातेर दुईचार थप्पड हानेको र प्रहरी चौकी, जानकीटोलालाई बुझाएको उनले बताए । युवकलाई जानकीटोलाले ईलाका प्रहरी कार्यालय पोखरिया र पोखरियाले जिल्लामा पठाएको छ ।

बालिकाको स्वास्थ्य जाँच गर्ने, युवकको बयान लिने लगायत अनुसन्धानका काम शुरु गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । अभिभावकले उजुरी दिएपछि बाल यौन दुरुपयोगको कसुरमा मुद्धा चलाइने डिएसपी कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment