Comments Add Comment

सकियो हिमालय रोडिज सिजन-३

१९ असार, काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३-ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६बाट शुरु भएको योरियालिटी शोले १८ औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ ।

यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडि सुजन सुवेदी । सुजन ग्याङ्गग्रीन अन्तगत लाउरेको टिममा थिए ।

नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएको शो युवा पुस्तामा आधारित रियालिटी शोले तेस्रो शृँखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरिसकेको छ ।

इण्डियाको फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरुले अत्यन्त रुचाएको र प्रतिक्षागर्ने टिभि शो बन्न सफल भैसकेको छ ।

भोटको आधारमा, आन्तरिक र बाह्य, निष्कासन, खेल परिवर्तन गर्ने ट्वीस्ट, सहभागीहरुबीचमा एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ ।  हिमालय रोडिजसिजन -३ आफैंले यो यहाँ के का लागि खडा भएको छ भनेर प्रमाणित गरिदिएको छ ।

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिजको मोटरसाइकलहरु सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको छ ।

यसपटक पनि सम्पूर्ण कार्यहरुभरी एफ जेड सिरिजका बाइकहरुले नै रोडिजहरुलाई उनीहरुले पार गरिरहेका रोमाञ्चक कार्यहरुमा साथ दिइरहेको थियो । यो सिजन यामाहाद्वारा प्रस्तुत प्रतियोगीहरु र तिनका ग्याङ्ग लिडरहरुको शारीरिक तथा बौद्धिक दुवै क्षमतालाई चुनौति दिने खालको सिरिजकै सबैभन्दा कठिन कार्य गराएर सम्पन्न गरिएको थियो ।

‘रोडिज शोको निर्माण नै सम्भव भएसम्मका हरेक पक्ष-आध्यात्मिक, भौतिक अथवा भावनात्मक रुपमा प्रतिस्पर्धीहरुलाई चुनौती पेश गर्न र शारीरिक रुपमा उपयुक्त भएर बाँच्नका लागि गरिएको हो । यो यामाहा एफ जेड सिरिज, सडकहरुको मालिकका लागि आव्हान थियो, जसले जुनसुकै खराब स्थिती र हरेक व्यवधान माथि जित हासिल गरेर आफ्नो सबैभन्दा राम्रो प्रस्तुती दिने गर्दछ । यो यामाहा सिरिज हो र हामी यामाहा एफ जेड प्रस्तुत हिमालय रोडिज- ब्लड, स्वेट र टियर्सको एक हिस्सा बन्न पाएकोमा गर्व गर्दछौं । हामी अझ यो भन्दा धेरै रोमाञ्चकारी एवं प्रबल सिजन लिएर आउनेछौं, प्रतिक्षा गर्दै रहनुहोस्,’एमएडब्लुका बजार प्रमुख विक्रम पौडेलले भने ।

विजेता सुजन सुबेदीले च्याम्पियनको सहचर यामाहा र एफ जेड एफआइ भि३ का साथमा आफ्नो रोडिज यात्रालाई निरन्तरता दिइ नै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment