+
+
Shares

माडीमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २० गते १३:४५

२० साउन, काठमाडौं । चितवनको माडीमा ट्रकको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ की करिब ५ वर्षीया खुश्बु दुरा रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

बगहीबाट बसन्तपुरतर्फ आउँदै गरेको ना ५ ख ६९७९ नम्बरको ट्रकले बगही–बसन्तपुर सडकखण्ड अन्तर्गत गाविन्दबस्तीमा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिन ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?