Comments Add Comment

फुलहम एक वर्षपछि नै प्रिमियर लिगमा फर्कियो

२१ साउन काठमाडौं । फुलहम एक सिजनपछि नै इंग्ल्याण्डको शीर्ष डिभिजनको फुटबल प्रिमियर लिगमा बढुवा भएको छ ।

दोस्रो श्रेणीको फुटबल अर्थात च्याम्पियनसिपको प्ले अफमा मंगलबार राति ब्रेन्टफोर्डलाई पराजित गर्दै फुलहम प्रिमियर लिगमा फर्किएको हो ।

जोई ब्राईनको दुई गोल मद्दतमा फुलहमले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको छ ।

वेम्वलीमा भएको खेलको निर्धारित समय र थप गरिएको समयमा खेल गोलरहित बराबरी भएपछि खेलको निर्णय अतिरिक्त समयमा भएको थियो ।

फुलहमका लागि जोइ ब्रायनले १०५औं र ११७ औं मिनेटमा गोल गरे ।

यस्तै अतिरिक्त समयको अन्त्यतिर ब्रेन्टफोर्डका हेन्रिक डालसगार्डले एक गोल फर्काएका थिए ।

गत सिजन रेलिगेसनमा परेको फुलहमले एक सिजनपछि नै प्रिमियर लिग फर्किएको हो ।

च्याम्पियनसिपको चौथो स्थानमा रहदै फुलहमले प्ले अफ खेल्न पाएको हो । ब्रेन्टफोर्ड भने च्याम्पियनसिपमा तेस्रो भएको थियो । तर प्लेअफ पार गर्न सकेन । यसअघि नै लिड्स युनाइटेड र वेष्ट ब्रुम प्रिमियर लिगमा बढुवा भइसकेका छन् ।

यस सिजन प्रिमियर लिगबाट भने वाटफोर्ड, बर्नमाउथ र नर्विच सिटी रेलिगेसनमा परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment