Comments Add Comment

बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना

बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ ।

बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको यात्रा परिवारवादका कारण मात्र संभव थिएन । बलिउडमा सुपरस्टारहरुका छोराछोरीहरु परिवारवादका कारण हिट भएका छैनन् ।’

करिनाले, आफू बलिउड पृष्ठभूमीमबाट यो क्षेत्रमा आएपनि संघर्ष गरेको बताइन् । तर, यो अरु केही कलाकारको जस्तो रोचक भने नभएको उनको तर्क छ ।

उनले भनिन्–‘पक्कै पनि, गोजीमा १० रुपैयाँ बोकेर ट्रेनको यात्रा गर्दै बलिउडमा प्रवेश गरेका कलाकारको जस्तो रोचक कथा त मेरो छैन । तर, पनि मैले बलिउड यात्रामा निकै संघर्ष गरेकी छु ।’
करिनाले दर्शकले नै आफूहरुलाई बनाउने भन्दै अरु कसैबाट पनि यो संभव नभएको तर्क गरिन् ।

कपुर परिवारबाट बलिउडमा प्रवेश गरेकी नायिका करिनाले करिब एक दर्शक बलिउडमा राज गरेकी थिइन् । अहिले उनको क्रेज पहिलेको जस्तो छैन । तर, पनि उनले केही चलचित्रमा अभिनय भने गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment