
Photo Credit : फाइल तस्वीर
२१ साउन, काठमाडौं । सरकारी कर्मचारी बाहेकलाई सिंहदरबारमा प्रवेशमा कडाइ गरिएको छ ।
भेटघाटका नाममा हुने प्रवेशले कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै गृहमन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सिंहदरबारभित्र हुने भेटघाट रोक्न प्रवेशमा कडाइ गरेको जनाएको छ ।
मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार सरकारी कर्मचारी र सरकारी काममा जानेहरुलेे मात्रै प्रवेश पाउनेछ् । राजनीतिकलगायतका भेटघाट प्रयोजनका लागि पास दिइने छैन् ।
पत्रकारले पनि कहाँ कसलाई भेट्ने हो भन्ने स्पष्ट गरेपछि मात्रै प्रवेश पाउने उनले जानकारी दिए । ‘अनावश्यक भेटघाटले कोरोना भाइरसको जोखिम बढेको आंकलन गरेर केही कडाइ गरिएको छ’ अधिकारीले अनलाइनखबरसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4