Comments Add Comment

कोरोना महामारीपछि चार देशमा नेपाली शान्ति सैनिकको बदली

नेपाली विमानबाटै विभिन्न मुलुकमा सैनिकको उडान

२१ साउन, काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत इराकमा शान्ति स्थापनार्थ खटिने नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । एक वर्ष अवधि पूरा भएर फर्किएको टोलीको ठाउँमा ३५ जनाको सैनिक टोलीलाई पठाइएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार हिमालय एयरलाइन्सको उडानमार्फत उनीहरुलाई इजरायल लगिएको छ । यसअघि न्यूयोर्कमा रहेको यूएन मुख्यालयले यसपटक नेपाली विमान चार्टर्ड गरेर पठाउन भन्दै ‘लेटर अफ एसेप्टेन्स’ पठाएको थियो । जसअनुसार चार्टर्डका लागि लाग्ने पैसा यूएनले नै तिर्नेछ ।

शान्ति मिसनमा जाने टोलीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रस्थित क्वारेन्टिनमा एक महिना राखिएको थियो । त्यसपछि उनीहरुमा कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र इराक पठाइएको हो ।

कोरोना भाइरसको संक्रमण बढेसँगै संयुक्त राष्ट्र संघले बदलीमा जानुपर्ने टोली नपठाउन नेपाली सेनालाई पत्राचार गरेको थियो । नेपाली सेनाका ६९९ सैनिक दक्षिण सुडानका लागि उड्ने तयारीमा रहेका बेला यूएनले पत्र पठाएपछि उनीहरु रोकिएका थिए ।

तर, गत ३१ असारदेखि शान्ति सेनाको बदली सुरु भएको छ । महामारीकै बीच पहिलो पटक कार र मालीमा २१३ शान्ति सैनिक गएका छन् । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत त्यसतर्फ पठाइएको हो ।

सेनाले १४ साउनमा दक्षिण सुडान जाने २३८ अधिकारीलाई पनि पठाइसकेको छ । अब भदौ ३ र २१ गते दुई वटा विमानमा थप ४६२ जना अधिकारी त्यसतर्फ प्रस्थान गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment