+
+

जसपा केन्द्रीय समितिको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १३:१८
फाइल तस्वीर

२१ साउन, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको यो पार्टीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता विवाद मिल्न बाँकी छ । नेताहरूको वरीयता विवादबारे पनि छलफल हुने एक नेता बताउँछन् । उनका अनुसार अनिलकुमार झा र राजकिशोर यादवको असन्तुष्टि भने सम्बोधन भइसकेको छ ।

बुधबारबाट सुरु भएको बैठक बढीमा २६ साउनसम्म लम्बिन सक्ने जसपा नेता रकम चेम्जोङले जानकारी दिए ।

१० वैशाखमा पार्टी एकीकरण घोषणा गरेको जसपाले २८ असारमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?