+
+
Shares

कैलालीमा बलात्कारको आरोपमा वडा सचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १५:२३

२१ साउन, कैलाली । कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् ।

भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

‘चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ,’ उनले भने, ‘आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ थप कुरा अनुसन्धान पछि खुल्ने छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?