+
+
Shares

दक्षिण–पूर्वी एसियामा कोरोना भाइरसको इपिसेन्टर बन्दै फिलिपिन्स

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते १८:१३

२१ साउन, काठमाडौं । दक्षिण पूर्वी एसियाली देश फिलिपिन्समा पछिल्लो केही दिनयता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएको छ ।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै सरकारले राजधानी मनिला र संक्रमणको असर देखिएका केही क्षेत्रमा पुनः लकडाउनको घोषणा गरिसकेको छ । यसअघिको लकडाउन गत जुन महिनाबाट विस्तारै खुकुलो पारिएको थियो ।

यद्यपि पुनः लकडाउन शुरु भएको पहिलो दिन मंगलबार फिलिपिन्सले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५२ नयाँ संक्रमित भेटिएका थिए ।

यो संख्या फिलिपिन्सको लागि एकैदिन भेटिएका अहिलेसम्मकै धेरै संक्रमित हुन् । बुधबार पनि फिलिपिन्समा तीन हजार ४६२ नयाँ संक्रमित भेटिएका छन् ।

यससँगै मुलुकको समग्र संक्रमितको संख्या एक लाख १५ हजार ९८० पुगेको छ । समग्र संक्रमितको संख्याको आधारमा फिलिपिन्स दक्षिणपूर्वी एसियामा इन्डोनेसियापछि सबैभन्दा बढी प्रभावित मुलुक हो ।

इन्डोनेसियामा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख १६ हजार ८७१ पुगेको छ ।

फिलिपिन्समा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या दुई हजार १२३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नौ जनाको मृत्यु भएको थियो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?