
२३ साउन, सिरहा । सिराहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए ।
प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई ल्याएर सिराहामै व्यवस्थापन गरिने छ ।
उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको कणेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4