+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सांसदको ठेक्कामा नक्कली बिल प्रयोग भएको भन्दै उजुरी

राजन दाहाल राजन दाहाल
२०७७ साउन २३ गते १४:१०

२३ साउन हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले नदीजन्य वस्तुको निकासीका लागि लगाएको ठेक्कामा नक्कली बिल प्रयोग भएको फेला परेको छ ।

ठेक्का सकार गर्ने कम्पनी सीबी कन्स्ट्रक्सनले नक्कली बिल प्रयोग गरेको भन्दै केही व्यक्तिले गाउँपालिका कार्यालयमा उजुरी पनि दिएका छन् ।

रामहरि सुवेदी, मोहन कार्की, मानबहादुर मुक्तान, रन्जन कालाखेती, प्रकाश बर्ताैला, राममणि मैनाली, बीरबहादुर रुम्बा, बलराम बर्ताैला, सुदर्शन उप्रेती, राज कालाखेती, निरन्जन पन्त र अधिकार उप्रेतीले गाउँपालिका कार्यालयमा उजुरी दिएका हुन् । उजुरी दिनेमध्ये कतिपय नदीजन्य वस्तुको व्यापारमा संलग्न छन् ।

ठेक्का पारेको बनेपा काभ्रेस्थित सीबी कन्ट्रक्सनले असार २० गतेको निकासी बिलमा गाउँपालिकाको छाप लागेको भन्दा फरक बिल प्रयोग गरी राजश्व संकलनमा नोक्सान गरेको भन्दै उजुरी परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबराज चौलागाईले बताए ।

उनका अनुसार एकै दिन काटिएको बिलमा अस्वाभाविक रुपमा बिल नम्बर परेपछि नक्कलीको आशंकामा छानबिन गर्न माग भएको हो ।

भ्याटसहित जोडेर निकासीको लागि प्रयोग भएको बिल गाउँपालिकाको छाप नलगाएको फेला परेको भन्दै उजुरी आएपछि छानबिन थालिएको प्रशासकीय अधिकृत चौलागाईले बताए ।

‘५ वटा बिल छाप प्रयोग नगरिएको फेला परेको भनिएको छ थप छानबिनपछि थाहा लाग्ने छ’, चौलागाईले भने । गत फागुनबाट असार मसान्तसम्मको लागि ५ लाख २३ हजार घनमिटर सामग्री निकासीका लागि १४ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले असार २० गते एकै दिन छाप प्रयोग नगरिएको २९७८३, ३३७७३ र ४२२७२ नम्बरको बिल काटेको थियो ।

त्यसैगरी असार २७ गते नै ५०/५० वटा रहेको २९७२५ र ४४०९२ नम्बरको बिल काटेर आन्तरिक आयमा घोटाला गरेको भन्दै उजुरी परेको राजश्व शाखाका प्रमुख राजेन्द्र चौंलागाईले जानकारी दिए ।

गाउँपालिकामा परेको उजुरी अनुसन्धानको लागि जिल्ला समन्वय समितिसम्म कुरा पुगेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । नक्कली बिल छानबिन गर्न समिति पनि बनेको बताइएको छ ।

नदीजन्य सामग्रीको ठेक्का लिने सीबी कन्स्ट्रक्सनका सञ्चालक सांसद चन्द्र लामा हुन् । उनले करिब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । लामाले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?