Comments Add Comment

वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

२३ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

कोभिड अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहान उनको मृत्यु भएको थियो । उनलाई ४/५ दिन ज्वरो आएपनि ज्वरो ठीक भइसकेको थियो । तर साउन २२ गते राति उनलाई अचानक स्वास लिन गाह्रो भएपछि परिवारका सदस्यले एडभान्स अस्पताल लगेका थिए ।

त्यहाँ चिकित्सकले अक्सिजन दिए पनि काम गरेन । चिकित्सकले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बताएपछि अटो रिक्सामा राखेर नेशनल मेडिकल कलेज लगिएको थियो । तर नेशनलले पनि भर्ना नलिएपछि अस्थायी कोभिड अस्पताल गण्डकमा लगिएको थियो । चिकित्सकले अक्सिजन दिएर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । कोरोना संक्रमणबाटै वीरगञ्जका एक पुरुषको काठमाडौंमा मृत्यु भएको छ ।

वीरगञ्जमै उपचारको क्रममा बाराका २ जना र रौतहटका १ जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जमै एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment