+
+
Shares

गोरखा क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १३:२०

२५ साउन, गोरखा । गोरखा क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । आफूहरुलाई करार गर्नुपर्ने माग राख्दै आइतबार आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले तालाबन्दी गरेको हो ।

‘१५ बर्ष भइसक्यो आशिंक प्राध्यापकको रुपमा पढाउदै आएको,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘करार गर्नुपर्छ भनेर हामीले बारम्बार राख्दै आएको मागलाई वेवास्ता गरियो, त्यसैले आज ताला लगाएका हौ ।’

दोस्रो चरणको आन्दोलन स्वरुप तालावन्दी गरिएको उनले बताइन् । ‘माग सम्बोधनका लागि हामीले पहिलो चरणमा यही साउन ११ देखि १६ गतेसम्म धर्ना कार्यक्रम गरेका थियौं, तर सुनुवाइ नभएपछि आज ताला लगायौं, भोलि लेखा शाखामा पनि तालाबन्दी गर्छाै,’ उनले भनिन् ।

समान कामको समान ज्याला हुनुपर्ने पनि उनीहरुको माग छ । हाल गोरखा क्याम्पसमा २३ जना आशिंक प्राध्यापकको रुपमा काम गर्दै आएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?