Comments Add Comment

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

२५ साउन,काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा  भेन्टिलेटर सहयोग गरेको छ ।

आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।

दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु कोभिड-१९ का बिरामीको उपचारमा उपयोग हुने दूतावासले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment