Comments Add Comment

संझनामा श्रीकृष्ण श्रेष्ठ

नेपाली चलचित्र क्षेत्रका मिलनसार, सफल नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज ६ बर्ष भएको छ । वि.सं २०७१ साल साउन २५ गते बिहान उनको निधन भएको थियो । बिहे भएको केही हप्तामै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि श्रीकृष्ण नायिका स्वेता खड्काको साथमा दिल्ली पुगेका थिए ।

दिल्लीमा केही हप्ता उपचार पछि उनले प्राण त्यागेका थिए । श्रीकृष्णको निधन भएको समयमा उनी अभिनित चलचित्र ‘कोहिनुर’ हलमा चलिरहेको थियो ।

श्रीकृष्णले आफूले निर्माण गरेको चलचित्रको सफलता हेर्न पाएनन् । यो चलचित्रले बक्स अफिसमा नयाँ रेकर्डसहितको व्यापार गरेको थियो । श्रीकृष्णले बनाएको चलचित्र ‘कहाँ भेटिएला’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

नायक श्रीकृष्ण श्रेष्ठलाई चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशकले सामाजिक संजालबाट संझिएका छन् । नायिका करिश्मा मानन्धर, विपना थापा, निर्देशक आकाश अधिकारी लगायतले श्रीकृष्णसँग काम गर्दाको पल संझिएका छन् ।

श्रीकृष्णको जन्म वि.सं २०२७ साल पौष १४ गते भएको थियो । उनले अभिनय गरेका ‘आफन्त, आफ्नो मान्छे, सुख दुःख, ए मेरो हजुर, हामी तिन भाई, कहाँ भेटिएला, कोहिनुर’ बक्स अफिसमा हिट मानिन्छन् ।
निमोनियाले ग्रसित भएपछि उपचारका लागि दिल्ली गएका श्रीकृष्ण्को निधन हाडको क्यान्सरका कारण भएको थियो ।

श्रीकृष्णले चलचित्र ‘भूमरी’बाट वि.सं २०४५ मा चलचित्र क्षेत्रमा पाइला राखेका थिए । उनले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट अभिनयलाई अगाडि बढाएका थिए । नायक श्रीकृष्ण श्रेष्ठले चलचित्र क्षेत्रलाई छाडेर गएको ६ बर्ष भएको छ । तर, उनी लाखौ नेपालीको मनमा बास बस्न सफल छन् ।

स्केचः सुन्दर श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment