+
+

ढोरपाटन नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २५ गते १५:०६

२५ साउन, काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारीविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर भएको छ ।

सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानी दिएबापत एक लाख रुपैयाँ घुस लिएको दाबीसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा इन्जिनियर अधिकारीले सेवाग्राहीसँग गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्याङ्कन गरिदिएबापत एक लाख घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?